चुनावी वाचाअनुसार अघि बढ्न सरकारले ल्यायो शासकीय सुधारको कार्ययोजना
काठमाण्डौ – सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्ययोजना सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्र अनुसार शासकीय सुधारको कामको लागि सरकारले कार्ययोजना ल्याएको हो । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को अस्ति शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको कार्ययोजनामा प्रशासनिक सुधार, पुनः संरचना र मितव्ययितादेखि सार्वजनिक सेवा प्रवाह, डिजिटल शासन, सुशासन, लगानी, राजश्व सुधार, स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सुरक्षासम्बन्धी १२ शीर्षकका विषय निर्धारण गरिएका छन् । कार्ययोजनामा २४ भदौको...


























































