घरदैलो अभियानमा सक्रिय कैलाली–१ की उम्मेदवार कोमल ज्ञवाली

काठमाण्डौ– आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ की उम्मेदवार कोमल ज्ञवाली नागरिकको घरदैलोमा जान व्यस्त हुनुहुुन्छ । निर्वाचनलाई मध्यनजर गर्दै मत माग्नका लागि आफ्ना क्षेत्रका नागरिक माझ पुग्नुभएको छ । नागरिकको घरघरमा, खेतवारीमा पुगेर मत माग्दै हुनुहुन्छ ।
ज्ञवालीले उक्त क्षेत्रको कृषि, पर्यटन, उद्यमशीलता र सामुदायिक विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । उहाँले समुदाय र महिला शसक्तीकरणका लागि पनि उम्मेदवारी रहेको बताउनुभयो । निर्वाचनमा बिजयी भएमा समाजको अवस्था परिवर्तन गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ज्ञवालीले देश विकासका लागि एकमात्र विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी भएकाले पार्टीको चुनाव चिह्न घण्टीमा मतदान गर्न आग्रह गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार