लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यसको उद्देश्य र महत्व

प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गीक हिंसा अन्त्य गरौँ भन्ने मुल नाराका साथ नोभेम्बर २५ देखि अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सम्पूर्ण महिलाहरुले देशव्यापी रुपमा र अन्तर्राष्ट्रिय स्तरमा नै विभिन्न कार्यक्रमहरु गरेर यस अभियानलाई अझै सशक्त बनाएका छन् ।

अभियान संचालन गर्न आ–आफ्नो तर्फ बाट साझा प्रतिबद्धता तथा ऐक्यबद्धता जनाउन गरिएको आह्रवान सम्बन्धमा नेपाल प्रहरी बाट पनि यस अभियान प्रति ऐक्यबद्धताका लागि विभिन्न रचनात्मक एवं सन्देशमूलक कार्यक्रमहरु संचालन गर्ने कार्यक्रम रहेको छ । महिला माथि हुने हिंसा विश्वभर फैलिएको एक जटिल सामाजिक समस्या हो । यो केवल व्यक्तिगत वा पारिवारिक विषय होइन, यो मानव अधिकारको उल्लंघन हो ।

शारीरीक, मानसिक, यौनजन्य क्रियाकलाप, सामाजिक र आर्थिक रुपमा महिला माथि हुने कुनै पनि प्रकारका अन्याय, अत्याचार वा नियन्त्रणलाई महिला हिंसा भनिन्छ । यसले महिलाको सम्मान, स्वतन्त्रता, स्वास्थ्य, आत्मबिश्वास र समग्र जीवनलाई प्रभावित गर्छ । यसै समस्यालाई अन्त्य गर्न विश्वभर विभिन्न अभियान र आन्दोलनहरु संचालन गरिएको छ, जसलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियानको रुपमा विश्वभर चर्चित छ ।

हिंसा सहेर र हेरेर नबसौँ, बेलैमा उजुरी गरौँ भन्ने आह्रवानका साथ लैङ्गिक हिंसा सम्बन्धि कुनै उजुरी वा सूचना दिनुपरेमा नेपाल प्रहरीको १०० वा बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ नम्बरमा सम्पर्क गर्न सकिने छ । बिश्वभर महिला माथि हुने हिंसा एक गम्भीर सामाजिक, कानुनी मानव अधिकार र विकास सम्बन्धि समस्या हो जसले बेलाबेलामा सम्पूर्ण महिला जगतलाई नै आक्रान्त पारिरहेको छ ।

महिला माथि हुने हिंसा केवल व्यक्तिगत विषय मात्र होइन, यो समाजको सोच, व्यवस्था, संस्कृति र लैङ्गिक असमानता सँग जोडिएको मुद्दा हो । यसैले महिला हिंसा विरुद्ध अन्तर्राष्ट्रिय अभियानहरु संचालन गरिएका छन् जसले महिलाको सुरक्षा, सम्मान र अधिकारलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यस अभियानको प्रमुख उद्देश्य महिला हिंसाको अन्त्य गर्न सचेतना फैलाउने, समाजमा व्याप्त लैङ्गिक भेदभाव, घरेलु हिंसा, सामाजिक तथा सांस्कृतिक हिंसाको अन्त्य गर्ने, यौन शोषण, मानव बेचबिखन, मनोवैज्ञानिक हिंसाको अन्त्य गर्ने उद्देश्यले यो अभियान संचालन गर्ने गरिन्छ ।

शिक्षा, स्वास्थ्य, रोजगार, न्यायमा पहुँच र समान अवसर सुनिश्चित गर्ने र कानुनी सुरक्षा र नीति सुधार र महिला हिंसा रोकथामका लागि सशक्त कानुनी व्यबस्था निर्माण र प्रभावकारी कार्यान्वयनमा दबाब दिने जस्ता उद्देश्यहरु यस अभियानले राखेको छ ।
नेपालमा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले यस्ता अभियानहरु चलाउँदै आएका छन् । यसैगरि नेपाल सरकार तर्फ स्थानिय निकाय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाल प्रहरी भित्र रहेको महिला सेलले पनि महिला हिंसा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

हाल आएर सामाजिक संजालको पनि महत्वपूर्ण भूमिका रहेको छ । जस्तैः रेडियो, टेलिभिजन, पत्रपत्रिका, सामाजिक संजाल, विद्यालय र समुदायमा संचालित सचेतना कार्यक्रमले पनि हिंसा नियन्त्रणमा टेवा पुगेको छ । यि संघ संस्थाहरुले गरेका कार्यक्रमहरु अत्यन्तै प्रभावकारी छन् तर कार्यक्रमको दायरा अझै बढाउनुपर्ने देखिन्छ । सामाजिक संघ संस्थाहरु सक्रिय त छन् तर अझै सक्रिय हुनुपर्ने छ । हिंसाका पनि विभिन्न प्रकारहरु छन् ।

जस्तैः शारीरिक हिंसा भन्नाले कुटपिट, अंगभंग, जिउँदै जलाउने, चोट पुर्याउने जस्ता कृयाकलाप पर्दछन् भने मानसिक वा मनोबैज्ञानिक हिंसा भन्नाले गाली गलौज, धम्की, अपमान र एक्ल्याउने जस्ता कार्यहरु पर्दछन् । यौन हिंसा भन्नाले जबरजस्ती, बलात्कार शोषण, मानव बेचबिखन जस्ता कार्यहरु पर्दछन् । सामाजिक हिंसा भन्नाले जातिय विभेद, छुवाछुत, बहिष्कार, जबर्जस्ती विवाह, दाइजो नपाएर गरिने हिंसा आदि पर्दछन् ।

आर्थिक हिंसा भन्नाले सम्पत्ति बाट बञ्चित गरिने, पुरुष र महिलालाई काम गरेबापत समान ज्याला नदिने जस्ता कार्यहरु पर्दछन् । जति पनि संघ संस्थाहरुले र्याली, सभा, समारोह गोष्ठीहरु जस्ता जनचेतना मुलक कार्यक्रमहरु आयोजना गर्दछन् तिनिहरु महिला विरुद्ध हुने कानुनी, सामाजिक, सांस्कृतिक भेदभाव हटाउने उद्देश्यले गरिन्छ ।

यस लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा ज्वलन्त रुपले यसको महत्व दर्शाउन जरुरी देखिन्छ । महिला अधिकारको संरक्षण र सम्बद्र्धन गर्न, लैङ्गिक समानताको प्रवद्र्धन गर्न, हिंसामुक्त समाज निर्माण गर्न, संस्कृतिको सुधार र सकारात्मक सोच बिकास गर्न र समग्र विश्वमा बिकास र शान्तिको आधार प्राप्त गर्न यसको महत्वपूर्ण भूमिका छ ।

यस अभियानलाई सफल बनाउन शिक्षा र सचेतनाको विस्तार गर्ने, कानुनी संरचनालाई कडाईका साथ कार्यान्वयन गर्ने, समुदायमा महिला समूह सक्रिय बनाउने, डिजिटल अभियान, सांस्कृतिक कार्यक्रम, स्कुल कलेजको पाठ्यक्रममा लैङ्गिक शिक्षा समाबेश गर्ने, पीडित महिला र बालिकालाई सुरक्षित आश्रय र मनोवैज्ञानिक सहायता प्रदान गर्ने जस्ता कार्यक्रमहरु गर्न जरुरी रहेको छ ।

महिला हिंसा केवल महिलाको मात्र समस्या होइन, यो समग्र मानव अधिकार, विकास र सभ्यताको प्रश्न हो । हिंसामुक्त समाज बिना विकास र समानता सम्भव छैन त्यसैले अन्र्तराष्ट्रिय महिला हिंसा विरुद्धको अभियानलाई केवल १६ दिनको सीमित अवधिमा सीमित नराखी, वर्षभर निरन्तर क्रियाशील अभियानको रुपमा अघि बढाउनु आजको आवश्यकता हो । महिलाको सम्मान, स्वतन्त्रता, अधिकार र सुरक्षाको रक्षा गर्न समाज, राज्य र प्रत्येक नागरिकको जिम्मेवारी बराबर छ ।

नेपाली महिलाहरुको अधिकार स्थापितका लागि ईतिहासका विभिन्न कालखण्डमा महिला आन्दोलनका क्षेत्रमा आफ्नो जीवन विताउनु भयो उहाँहरु सम्माननीय हुनुहुन्छ । यो अभियानमा हामी पनि जोडिँदै आइरहेका छौँ र परिवर्तनको अनुभुति गर्दै आइरहेका छौँ र यस बर्षको मुल नारा छ प्रबिधिको सही प्रयोग गरौँ लैङ्गीक हिंसा अन्त्य गरौँ पछिलो समय विशेष गरि हामीहरु Social Media लाई आफ्नो जीवनको अभिन्न अंगको रुपमा लिएर अगाडि बढीरहेका छौँ । महिला आन्दोलनका लागि हाम्रा आमा हजुर आमाहरुले गर्नुभएका संघर्षका कथाहरु हामी सामु छन् ।

हाम्रो पुस्ता र हामी भन्दा पछिल्लो पुस्ताले पनि विभिन्न खाले हिंसाहरु भोग्नु परेको छ । हिंसाका प्रकृतीहरु फरक भएका छन् तसर्थ अब समाज परिबर्तनका लागि हामीले यो म्ष्नष्तब िदुनियामा प्रबिधिको उच्चतम सदुपयोग गरेर परिबर्तनको आभाष दिलाउन जरुरी छ प्रबिधिका माध्यम बाट यस्ता अभियान चलाउन जरुरी छ । अहिलेका पुस्ताले हाम्रो पुस्ता र हामी भन्दा अगाडिको पुस्ताका लागि यस्ता अभियानहरु चलाएर हिंसा हुन बाट रोक्न जरुरी छ ।
अन्त्यमा हामी सबैले महिलाको योगदानलाई सम्मान गर्दै भविष्यमा अझै न्यायपूर्ण, समानतामूलक र समाबेशी समाज निर्माण गर्ने संकल्प गर्नुपर्छ । महिला आन्दोलनका लागि आजसम्म आफ्नो जीवनको उर्जाशिल समयमा अतुलनिय योगदान दिनुहुने सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।

ईन्दु पराजुली
कृ. प. वि. अ. सं. लमजुङ्ग कृषि क्याम्पस
(सुन्दरबजार, लमजुङ्ग)

धन्यबाद ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार