गोडैता–२ पिपरनाथमा निःशुल्क मेगा स्वास्थ्य परीक्षण शिविर सम्पन्न

सर्लाहीको गोडैता नगरपालिका वडा नं. ०२, पिपरनाथ स्थित सार्वजनिक प्राथमिक विद्यालयको प्रांगणमा एकदिवसीय निःशुल्क मेगा स्वास्थ्य, औषधि तथा कपडा वितरण शिविर सफलतापूर्वक सम्पन्न भएको छ । २०८२ साल मङ्सिर २७ गते शनिबारका दिन उक्त शिविर सम्पन्न भएको हो । लायन्स क्लब ३२५ इ डिस्ट्रिक, जोन १६, लायन्स क्लब अफ काठमाडौं बिष्णुमती, इनोभेसन, गौरिशंकर, हेल्पिङ ह्यान्ड्स तथा हेल्थ केयरको संयुक्त आयोजनामा सम्पन्न शिविरबाट एक हजार भन्दा बढी स्थानीय नागरिकहरू लाभान्वित भएका थिए ।
शिविरमा प्रदान मुटु परीक्षण (भ्ऋन्), रक्तचाप तथा रक्त सुगर÷मधुमेह परीक्षण, फोक्सो कार्य परीक्षण (एँत्), जनरल फिजिसियन परामर्श, आँखा परीक्षण, बालरोग विशेषज्ञ सेवा, दन्त परीक्षण गरिएको थियो । निःशुल्क औषधि वितरण पनि गरिएको थियो । त्यसैगरी ३०० जना सरकारी विद्यालयका बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरी सामाजिक सहयोग प्रदान गरिएको थियो ।
शिविरमा लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूह, रञ्जना सिस्टर्स, सेवा अभियान, मानवीय सेवा अभियान, क्याम्पेन, सिद्धार्थ एभरग्रीन तथा टुगेदर वी क्यानको सहभागिता रहेको थियो । कार्यक्रम सफल बनाउन जोन १६, जोन अध्यक्ष डा. रोमन बोगटी, इञ्जिनियर गणेश बहादुर सुनाम तथा शिविर संयोजक सरोज कुशवाहा, ओखती पोली क्लीनिक कलंकी, मधेश प्रदेश स्वास्थ्य सचिब डा. ओम अर्याल र मलंगवा अस्पतालबाट उपलब्ध चिकित्सकले सेवा दिएको थियो । यस प्रकारका निःशुल्क स्वास्थ्य शिविरहरूले ग्रामीण तथा विपन्न समुदायको स्वास्थ्य पहुँचमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार