लमजुङको ठूलीबेंसीमा ३० औँ सिर्जना कप तथा माघी मेलाको तयारी तीव्र

लमजुङको मर्स्याङदी गाउँपालिका वडा नम्बर ६ स्थित पर्यटकीय गाउँ ठूलीबेंसीमा ३० औँ सिर्जना कप तथा माघी मेलाको तयारी तीव्र पारिएको छ । ‘माघी मेला ठूलीबेंसीको पहिचान ः इतिहास, कला र संस्कृतिको संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ स्थानीय सिर्जना युवा क्लबले कार्यक्रमको लागि तयारी गरिरहेको छ । क्लबका अध्यक्ष देविराम अधिकारीका अनुसार कार्यक्रम पुस २७ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ । यस अवसरमा फुटबल प्रतियोगिता, मिनी म्याराथन प्रतियोगिता, छेलो प्रतियोगिता, ठाडोभाका प्रस्तुतिलगातको विभिन्न साँस्कृतिक कार्यक्रम हुनेछ ।
फुटबल प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार रुपैयाँ, सिर्जना कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुनेलाई ७५ हजार रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ । यस्तै सेमिफाइनलमा पुग्नेलाई १५ हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ र ट्रफि, सर्वाधिक गोलकर्तालाई ५ हजार र ट्रफि, सर्वोत्कृष्ट गोल रक्षकलाई ५ हजार रुपैयाँ र ट्रफि दिइनेछ । क्वाटर फाइनल खेलबाट म्यान अफ दि म्याचलाई एक हजार प्रदान गरिने छ । प्रतियोगिताका लागि १६ टिम मात्र सहभागी गराइने र टिम दर्ता पुस २२ गतेसम्म गरिसक्नुपर्ने जनाएको छ ।
यस्तै, खुदीदेखि ठूलीबेंसीसम्म १० किलोमिटरको मिनी म्याराथन प्रतियोगिता हुनेछ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमश ः १० हजार, ७ हजार, ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उक्त प्रतियोगिता पुस २७ गते विहान ७ बजे हुने क्लबका सचिव रामप्रसाद परियारले जानकारी दिनुभयो । यस्तै, छेलो प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रोलाई क्रमश ः १० हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता माघ १ गते विहान ८ बजे हुनेछ । सोही अवसरमा पुस ३० गते बेलुका ८ बजेबाट ठाडो भाका तथा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ । कार्यक्रममा धम्पु दुराको समूहद्धारा ठाडो भाका प्रस्तुत गरिनेछ । स्थानीय कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम, झाँक्री प्रदर्शन पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार