काठमाडौं । नेपाल मगर संघ ओमनले सातौं बृहत साँस्कृतिक कार्यक्रम २०२४ भब्यताका साथ सम्पन्न गरेको छ ।
४२ औं मगर दिवसको उपलक्ष्यमा नेपाल मगर संघ ओमनले मार्च १ शुक्रबारका दिन अल रफा पार्टी हलमा कार्यक्रम गरेको हो ।
संघका अध्यक्ष दील राना मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा ओमनस्थित राजदूतावासका द्धितीय सचिव विशेष शाह हुनुहुन्थ्यो ।
विशेष अतिथि सोसल क्लब ओमानका उपाध्यक्ष सुरेश खड्का रहनुभएको उक्त कार्यक्रममा ओमानमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र समाजसेवीको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव झमक आलेमगरले गर्नुभएको थियो । कार्यक्रममा लोकगायिका सम्झना लामिछानेमगर, गायक रेशम थापामगरसहित दर्जनौँ स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । सो अवसरमा नेपाली पञ्चेबाजा समूहद्वारा पञ्चेबाजा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा सम्पूर्ण अतिथि, कलाकारलगायत सहयोगकर्तालाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो ।



















Discussion about this post