इन्टरनेशनल बुद्ध युथ क्लवको अध्यक्षमा राजकुमार सुनार (राज–शान्ति)
लमजुङ–इन्टरनेशनल बुद्ध युथ क्लवका अध्यक्षमा सुन्दरबजार नगरपालिका–९ भोटेओडार फूलबारी घर भइ हाल बेलायतमा रहनुभएका राजकुमार सुनार (राज–शान्ति) चयन हुनुभएको छ । लमजुङको सुन्दरबजार नगरपालिकास्थित भोटेओडारमा क्रियाशिल बुद्ध यथ क्लवले परदेशमा रहेका युवाहरुलाई समेट्ने गरी सुनारको अध्यक्षतामा इन्टरनेशनल बुद्ध युथ क्लव गठन गरेको हो । स्वदेश÷विदेशमा छरिएर रहेका स्थानीय युवाहरु क्लवमा एकताबद्ध भई खेल क्षेत्रका साथै सामाजिक सेवाका क्षेत्रमा निरन्तर जुटिरहने इन्टरनेशनल बुद्ध युथ क्लवका अध्यक्ष सुनारले प्रतिबद्धता व्यक्त गर्नुभयो ।...



























































