डा. हर्क गुरुङ प्रतिष्ठानको अध्यक्षमा पुनः तिलबहादुर गुरुङ चयन

ताङ्लीचोक । लमजुङको मर्स्याङदी गाउँपालिका ७ स्थित डा. हर्क गुरुङ प्रतिष्ठानको अध्यक्षमा पुनः तिलबहादुर गुरुङ चयन हुनुभएको छ ।
प्रतिष्ठानको बिहीबार ताङ्लीचोकस्थित समाधीस्थलमा भएको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्य समिति चयन गरिएको हो । यसअघि पनि उहाँ नै अध्यक्ष हुनुहुन्थ्यो ।
समितिको उपाध्यक्ष शेरबहादुर थापा, सचिव सोमबहादुर भण्डारी, सहसचिव कमला गुरुङ, कोषाध्यक्ष झुमायाँ गुरुङ चयन हुनुभएको छ । सदस्यहरुमा श्याम कृष्ण घले, बेल बहादुर गुरुङ, घि कुमारी घले गुरुङ, छिरिङ घ्याम्चो गुरुङ, सरोज गुरुङ, पूर्ण काशि गुरुङ, छोटे गुरुङ र भिम बहादुर गुरुङ रहनुभएको छ ।
सोही अवसरमा स्व. डा. हर्क गुरुङको प्रतिमा अनावरण पनि गरिएको छ । समाधीस्थल नजिकै निर्माण भएको अर्धकद प्रतिमाको नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुले गर्नुभएको हो । उहाँले डा. हर्क गुरुङ विश्वमै चर्चित रहेको भन्दै उहाँको अमूल्य योगदानको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घले, संविधान सभा सदस्य लालबहादुर गुरुङ, मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत दीपकप्रसाद पण्डितलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार