लमजुङ सेवा समाज कतारद्धारा आर्थिक अभाव भएका विरामीलाई सहयोग

लमजुङ । लमजुङ सेवा समाज कतारले आर्थिक अभावले उपचारमा समस्या भएका विरामीलाई सहयोग गरेको छ ।
समाजले केही बर्षअघि रुखबाट लडेर सल्यक्रिया गरेपछि रकमको अभावले छटपटाईरहेका बेंसीशहर नगरपालिका ११ चितीका रामबाबु पाण्डे आर्थिक सहयोग गरेको हो । लमजुङ सेवा समाज कतारका अध्यक्ष विनोद प्रसाद बसौलाका अनुसार २१ हजार २ सय ९० रुपैयाँ सहयोग गरिएको छ । सल्यक्रिया पछि थप उपचार नपाएर ह्विलचीयरमा थलिएर बस्न बाध्य पाण्डेको उपचारमा केही सहज होस् भनेर सहयोग गरेको बसौलाले बताउनुभयो ।
यस्तै, समाजले दोर्दी गाउँपालिका वडा नं.४ नौथरकी पैस्यो गुरुङको परिवारलाई पनि आर्थिक सहयोग गरेको छ । लामो समयदेखि घाँटीको क्यान्सर रोगसंग लडिरहेकी पैस्यो गुरुङको उपचारको लागि संकलित रकम हस्तान्तरण गर्ने भनिएकोमा उहाँको मृत्यु भएपछि परिवारलाई प्रदान गरिएको छ । बि.पि.कोइराला मेमोरियल हस्पिटल काठमाडौमा उपचाररत रहनु भएकी बिरामिको असामयिक निधन भएकाले दोर्दि गाउपालिका अध्यक्ष युवराज अधिकारीमार्फत मृतकको श्रीमानलाई प्रदना गरिएको छ । २१ हजार २ सय ९० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको समाजले जनाएको छ ।
समाजले मृत आत्माको चिरशान्तिको कामना साथै ईश्वरले शोकाकुल परिवार प्रति धैर्यधारणा गर्ने शक्ति प्रदान गरुन् भन्दै समवेदना पनि प्रकट गरेको छ ।
“दुःख सुखमा साथ लमजुङ सेवा समाज” भन्ने मुल नाराका साथ स्थापित लमजुङ सेवा समाज कतारले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । विभिन्न समस्यामा परेका, आर्थिक अभाव भएका नागरिकलाई सहयोग गदै आएको छ । यस्तै शिक्षा, स्वास्थ्य, विकास निर्माण, सामाजिक काममा सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार