लमजुङ सेवा समाज कतारको अध्यक्षमा विनोद प्रसाद बसौला निर्वाचित

काठमाडौं । लमजुङ सेवा समाज कतारको अध्यक्षमा विनोदप्रसाद बसौला निर्विरोध निर्वाचित हुनुभएको छ ।
२३ फेब्रुअरी २०२४ का शुक्रबारका दिन फुलबारी रेष्टुरेण्ट, अलत्तिया सनैयामा भएको १५ औं अधिवेशनबाट बसौलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । उक्त समितिको कार्यकाल २०२४ देखि २०२६ सम्म हुने छ ।
समाजको प्रथम उपाध्यक्षमा कल्याण थापा, द्वितीय उपाध्यक्षमा बिनोद थापा मगर, महिला उपाध्यक्षमा कमला गुरुङ, महासचिव रविन्द्र भण्डारी, सचिवमा प्रशान्त कुमाल, कोषाध्यक्षमा राज श्रेष्ठ, सहकोषाध्यक्षमा रविन्द्र घिमिरे निर्वाचित हुनुभएको छ । बेंसीशहर नगरपालिका संयोजकमा परशुराम थापा,
मध्यनेपाल नगरपालिका संयोजकमा जनक कार्की, राइनास नगरपालिका संयोजकमा देव बहादुर अधिकारी, दोर्दी गाउँपालिका संयोजकमा रामचन्द्र अधिकारी, क्व्होलासोंथर गाउँपालिका संयोजकमा फगेन्द्र गुरुङ, मर्स्याङदी गाउँपालिका संयोजकमा टेबहादुर गुरुङ दूध पोखरी गाउँपालिका संयोजकमा कृष्ण गुरुङ रहनुभएको छ । सुन्दरबजार नगरपालिका संयोजक हाल रिक्त छ ।
सदस्यहरुमा नारायण अधिकारी, वासुदेव पाण्डे, खुशी मिया, कुमारी गुरुङ र पवन थापामगर निर्वाचित हुनुभएको निर्वाचन संयोजक तथा निवर्तमान प्रमुख सल्लाहकार नवराज नखोलाले जानकारी दिनुभयो ।

कार्यक्रम समाजका निवर्तमान अध्यक्ष सिताराम थापाको अध्यक्षतामा र गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रम समाजका निवर्तमान अध्यक्ष सिताराम थापाको अध्यक्षतामा र गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
सुख दुःखमा साथ, लमजुङ सेवा समाज भन्ने नाराका साथ सन् २००५ मा समाज स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार