लमजुङका एक जना युवकको जापानमा हृदयघातबाट मृत्यु

लमजुङका एक जना युवकको जापानमा हृदयघातबाट मृत्यु भएको छ । दोर्दी गाउँपालिका ६, छोटेखोला घर भइ हाल बेंसीशहर बस्दै आएका २२ वार्षिय युवराज तामाङको मृत्यु भएको हो ।
हृदयघातबाट मृत्यु भएको भनिए पनि यसको एकीन जानकारी नभएको पारिवारिक स्रोतले बताएको छ । २०७९ कार्तिक २७ गते विद्यार्थी भिसामा जापान गएका उहाँको नेपाली समय अनुसार बुधबार बिहान पौने ४ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
दोर्दी गाउँपालिका ६ का वडा सदस्य एवं मृतकका मामा नाता पर्ने भीमबहादुर तामाङले शव नेपाल ल्याउन पहल भइरहेको बताउनुभयो । उहाँले यसबारे सवैतिर जानकारी लिने र छलफल भइरहेको समेत बताउनुभयो ।
मृतक तामाङको बाबाआमा, एकजना दिदी र एकजना दाइ हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार