२८ औं सिर्जना कपको उपाधी दिपज्योति युवा क्लब लाम्पाटालाई

ठुलीबेंसी । मर्स्याङदी गाउँपालिका वडा नं. ६ ठुलीबेंसीमा आयोजित २८ औं सिर्जना कपको उपाधी दिपज्योति युवा क्लब लाम्पाटाले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा लाम्पाटाले शून्यका विरुद्ध २ गोल गरी जनकल्याण युवा क्लब नाइँचेलाई हराउँदै उपाधी जितेको हो । उपाधीसंगै लाम्पाटाले १ लाख रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपबिजेता नाइँचेले ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष भेष बहादुर थापाले बताउनुभयो । खेललाई शान्त र मर्यादित रुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
क्लवको २८ औं बार्षिकउत्सव तथा माघे संक्रान्ति मेलाको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो । खेल माघ १ गतेबाट सुरु भएको थियो । कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा भएको थियो ।
मेलामा फुटबल प्रतियोगितासंगै मिनी म्याराथुन, ठेलो तथा सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन सञ्चालन गरिएको थियो । फूटबल प्रतियोगितामा २६ टीम सहभागि भएका थिए ।
मिनि म्याराथुनमा गोरखाका अशोक बराम प्रथम, तनहुँका सनम गुरुङ द्धितीय, लमजुङका रामजी बस्नेत तृतीय भएका छन् । प्रथम, द्धितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार, २ हजार ५०० र प्रमाणपत्र प्रदान गरिएको छ ।
ठेलो प्रतियोगितामा पृथ्वी सुब्बा गुरुङ प्रथम, नरबहादुर अधिकारी द्धितीय र मिनप्रसाद घले तृतीय भएका छन् । प्रथम, द्धितीय, तृतीयलाई क्रमशः ३ हजार, २ हजार, १ हजार र प्रमाणपत्र प्रदान गरिएको छ । १६ जना सहभागि थिए ।
मेलाको समापन मर्स्याङदी गाउँपालिका वडा नं. ६ वडा अध्यक्ष मिनराशी गरुङको आतिथ्यतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार