दुराडाँडा कला साहित्य प्रतिष्ठानको आयोजना तथा सर्वोदय माविको संयोजनमा गजल वाचन र अभिनय कला प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रम मंसिर १९ गते सम्पन्न भएको हो । ती कार्यक्रम ऐतिहासिक थलो दुराडाँडा क्षेत्रका विभिन्न मा.वि विच सुन्दरबजार नगरपालिका– ३ वडाध्यक्ष अमृत न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो । विशेष अतिथिमा दुराडाँडा कला साहित्य प्रतिष्ठानका मानार्थ आजीवन सदस्य तथा सर्वोदय माविमा उमा चिनु माया अक्षयकोषकी दाता साहित्यकार, गीतकार, समाजसेवी, अनेसास सदस्य शान्ता अधिकारी घिमिरे हुनुहुन्थ्यो ।
प्रतियोगितामा निर्णायक मण्डलमा पुष्प राज अधिकारी धर्मराज तिमल्सेना शिक्षक राम बहादुर श्रेष्ठ रहनु भएको थियो । प्राविधि क तर्फ शिक्षक– दिपक घर्ती ले हेर्नु भयो । सो अवसरमा साहित्यकार शान्ता अधिकारी घिमिरेलाई आयोजक तथा संयोजक विद्यालयको तर्फबाट सम्मान गरिएको थियो । यसैगरी, स्थानीय समाजसेवी स्व. खोजराज खनालकी सुपुत्री सकुन्तला खनालले आफ्ना पिताको सम्झनामा नौ हजार रूपैंया संस्थालाई प्रदान गर्नुभएको थियो । गजल वाचन तर्फ सर्वोदय मावि आयुषा केसी कक्षा नौ पहिलो, संस्कृति सदन मावि सुजिना भुजेल कक्षा १० दोस्रो तथा पाणिनी संस्कृत मावि उब्जन भट्ट कक्षा ८ तेस्रो र सरस्वती सदन मावि रन्जिता विक कक्षा १० ले सान्त्वना स्थान प्राप्त गरेको निर्णायक रामकुमार श्रेष्ठजले बताउनु भयो । यसैगरी, अभिनय तर्फ सर्वोदय मावि प्रसित भुजेल कक्षा ६ पहिलो, पाणिनी संस्कृत मा.विका उब्जन भट्ट दोस्रो र विराज भट्ट पुरस्कृत भएको निर्णायक पुष्पराज अधिकारीले बताउनु भयो । ती विजेताहरूलाई पहिलो दोस्रो र तेस्रो तथा सान्तवना स्थान प्राप्त गर्नेलाई क्रमशः एक हजार, सात सय, पाँच सय र तीन सय रूपैंयाका दरले पुरस्कार प्रदान गरिएको निर्णायक धर्मराज तिमल्सिनाले बताउनु भयो ।
कार्यक्रमका अतिथिहरूमा समाजसेवी पुर्णभद्र न्यौपाने, संस्थाका सल्लाहकार ठाकुर तिवारी संस्थापक तथा पा सं मा वि गुरुकुल आकम अध्यक्ष पुष्पराज अधिकारी, संस्थापक तथा कोषाध्यक्ष सुर्यकुमारी ढुंगाना सचिव तथा आजीवन सदस्य धर्मराज तिमल्सिना, रेखा अधिकारी सल्लाहकार तथा सर्वोदय मा वि प्र.अ कृष्ण प्रसाद पराजुली, ठाकुर तिमल्सिना लगायत तथा जगन्नाथ न्यौपाने, हरिकृष्ण न्यौपाने महेन्द्र अधिकारी, सोमकान्त न्यौपाने, केशव न्यौपाने आदिको उपस्थिति रहेको थियो ।
दुराडाँडा कला साहित्य प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोजक दुराडाँडा कला साहित्य प्रतिष्ठानका उपाध्यक्ष नारायण अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन शिक्षक पशुपती पौडेलले गर्नुभएको थियो ।



















Discussion about this post