मिलिजुली कृषि ताजा तरकारी उत्पादक सहकारी संस्थाको २० औँ साधारण सभा सम्पन्न

सुबास मजाकोटी ।

लमजुङ । राइनास नगरपालिका वडा नं ८ मा रहेको  मिलिजुली कृषि ताजा तरकारी उत्पादक सहकारी संस्था लि.ले आफ्नो २० औं साधारण सभा शनिबार सम्पन्न गरेको छ।
राईनास नगरपालिकाका प्रमुख खड्ग बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मिलिजुली कृषि ताजा तरकारी उत्पादक सहकारी संस्था लिमिटेडकी अध्यक्ष विष्णुमाया धितालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले सहकारीले कृषकहरूमा राम्रो प्रभाव पारेको बताउदै कृषिमा लगानी गर्न सबै किसानहरूलाई आग्रह गर्नुभएको थियो। त्यस्तै प्रमुख अतिथि गुरुङले कृषि क्षेत्रमा लगानी गर्न कृषकहरूलाई  सुझाव दिँदै नगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै सहयोग आफूले गर्ने समेत प्रतिबद्धता जनाउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै सहकारीकी अध्यक्ष विष्णुमाया धितालले पछिल्लो समय कृषकहरुलाई  सहकारीले विभिन्न समयमा अनुदानमा कृषि सामग्रीका साथै बिउभिजन समेत वितरण गरिरहेको बताउनु भएको थियो।
त्यस्तै सहकारीले साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता ,पूर्व अध्यक्ष, जेष्ठ नागरिक गरी ११ जनालाई सम्मान समेत गरेको थियो। हाल यस सहकारीमा ११०० भन्दा बढी महिला तथा बालबालिकाहरू आबद्ध रहेका अध्यक्ष विष्णुमाया धालले बताउनुभएको छ। साथै अध्यक्ष धिताले सहकारीले दुना टप्परी उद्योगसमेत खोलेको जानकारी दिनुभएको छ गाउँघरमा उत्पादन भएका कृषि सामग्री समेत सहकारीले सहजीकरण गर्दै आएको छ।

२०औँ साधारण सभा कार्यक्रममा कालिका आमा समूह र शिवशक्ति आमा समूहले सहकारी सम्बन्धीका बारेमा गीत प्रस्तुत गरेका थिए। त्यसैगरी कार्यक्रममा स्वागत मन्तव्य सहकारीको उपाध्यक्ष जमुना कडेलले राख्नुभएको थियो भने आर्थिक प्रतिवेदन मनिषा शाही गिरीले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल जिल्ला सहकारी संघका अध्यक्ष विजय गुरुङ, वडा नम्बर ८ का वडा अध्यक्ष कृष्णबहादुर राना भाट लगायत विभिन्न संघसंस्थाको प्रतिनिधिको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन अम्बिका ओलियाले गर्नु भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार