दोहा (१४ जुलाई) । जुलाई १३ तारिक शनिबारका दिन लमजुङ सेवा समाज कतारले वरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारलाई भब्य रुपमा सम्मान गरेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले जुलाई १२ तारिखका दिन आयोजना गरेको संस्थाको सातौं बार्षिकोत्सव तथा कलाकार राहत कोष स्थापनार्थ कार्यक्रममा आफ्नो प्रस्तुति दिन नेपालबाट कतार आउनुभएका बरिष्ठ कलाकार राजु परियारलाई कतारमै रहँदाको अवसर मिलाएर लमजुङ सेवा समाज कतारले आयोजकसंगको समन्वयमा “भेटघाट तथा सम्मान” कार्यक्रम आयोजना गरेको हो ।
कतारको सनैयास्थित फुलबारी रेस्टुरेन्टको हलमा आयोजना गरिएको भेटघाट तथा सम्मान कार्यक्रममा रोजगारीको सन्दर्भमा कतारमा रहनु भएका लमजुङेहरुको बाक्लो उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष बिनोद प्रसाद बसौलाको सभापतित्वमा तथा बरिष्ठ गायक राजु परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा संस्थाका संरक्षक डिलराम गुरुङ, प्रमुख सल्लाहकार सिताराम थापा तथा सल्लाहकारहरु कृष्ण बराल, कर्म गुरुङ, रबिन्द्र गुरुङ, युद्धजङ गुरुङ, मंगल बि.क. लगायत थुप्रै पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
समय ब्यस्तताका कारण छोटो समयमै सम्पन्न उक्त कार्यक्रममा संस्थाको तर्फबाट शुभकामना मन्तव्य राख्दै प्रमुख सल्लाहकार सिताराम थापाले लमजुङ जिल्लामा जन्मनु भएका राजु परियार अनुपम स्वरका धनी, कला र गलाले सम्पन्न एक शालिन र बहुआयामिक बरिष्ठ गायक भएको बताउनुभयो । भाइरल बन्ने र भ्युअर बटुल्ने निहुँमा अहिले थुप्रै कलाकारहरुले सामाजिक सन्जाल तथा सार्वजनिक कार्यक्रमहरुमा अनेकौं उच्श्रृंखल प्रस्तुतिहरु दिँदै गीत संगीत क्षेत्रकै बदनाम गर्दै आएको पनि देखिन्छ तर राजु परियारका गीतहरु सधंै मर्मस्पर्शी र सन्देशमुलक हुन्छन् भन्दै गायनको माध्यमद्वारा राजु परियारले लमजुङ जिल्लालाई सबै तिर परिचित गराउनुभएकोमा उहाँ प्रति आभार प्रकट गर्नुभयो ।
खादा ,दोसल्ला र सम्मानपत्रले सम्मानित भए पश्चात् सम्मान मन्तब्य राख्दै बरिष्ठ गायक राजु परिवारले “लमजुङ सेवा समाज कतार” ले आफूलाई गरेको सम्मान प्रति निकै खुशी ब्यक्त गर्नु भयो । साथै लमजुङ सेवा समाज कतारले गर्ने आफ्ना कार्यक्रमहरु तथा संस्थाको क्यालेन्डरमा समेत लमजुङलाई चिनाउने ब्यक्तिहरु मध्ये आफूलाइ पनि समेटिदिनु भएकोमा धन्यवाद दिनु भयो ।
आफू सन्सारको जुनसुकै कुनामा गएपनि आफ्नो जन्मभुमी लमजुङ र लमजुङको माटोलाइ कहिल्यै भुल्न नसक्ने बताउनुभयो । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति बिनोद बसौलाले कार्यक्रमको समापन मन्तव्य मार्फत राजु परियारले लमजुङको स्थानिय ठाडो भाकाको जगेर्ना गर्न खेल्नुभएको भूमिका बारे बताउनुभयो । २०१६ मा लमजुङ सेवा समाज कतारकै आयोजनामा उहाँले कतार आएर आफ्नो धमकेदार प्रस्तुति दिएर जानु भएको र लमजुङले भुल्न नसक्ने लमजुङको माटोमा जन्मनु भएका राजु परियाको साङितिक जिवनको सफलताको कामना पनि ब्यक्त गर्नु भएको थियो ।
संस्थाका महिला उपाध्यक्ष कमला गुरुङले स्वागत मन्तब्य मार्फत सबैलाइ स्वागत गर्नुभएको सो कार्यक्रमको सन्चालन संस्थाका सचिव तथा प्रवक्ता प्रसान्त कुमालले गर्नुभएको थियो ।

Discussion about this post