काठमाडौँ ।
लमजुङ सेवा समाज कतारले मे ३ मा सदस्यता विस्तार, नयाँबर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा आन्तरिक वनभोज कार्यक्रम गर्ने भएको छ ।
“दुख सुखमा साथ, लमजुङ सेवा समाज” भन्ने मुल उद्देश्य लिएर स्थापित भएको समाजले ३ मे २०२४, शुक्रबारका दिन समालरोड, एक्जिट ६६ लेफ्ट मजरामा कार्यक्रम हुने भएको हो । कार्यक्रम विहान १० बजेबाट हुने छ ।
समाजका अध्यक्ष बिनोद प्रसाद बसौलाका अनुसार कार्यक्रमको तयारी भइरहेको छ । उक्त कार्यक्रममा सहभागि हुन कतारवासी सम्पूर्ण लमजुङेहरुलाई उत्साहजनक सहभागिताको लागि अनुरोध गर्नुभएको छ ।
लमजुङ जिल्लाबाट कतारमा विभिन्न व्यवसाय तथा रोजगारी गरिरहनुभएका सम्पूर्ण लमजुङेहरुको साझा सामाजिक संस्था लमजुङ सेवा समाज कतार हो । सम्पूर्ण लमजुङेबीच थप आत्मियता होस् भन्ने उद्देश्यको साथ कार्यक्रम गर्न लागिएको बसौलाले बताउनुभयो ।


















Discussion about this post