काठमाडौँ । तमु समाज ओमनको नवौं बार्षिकउत्सब एवं चेलीबेटी÷रिहि च्म्ही भोज तथा सम्मान कार्यक्रम २०२४ भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । तमु समाज ओमनको कार्यबाहक अध्यक्ष होम तमुको अध्यक्षतामा अप्रिल २६ तारिक शुक्रबार भेनस होटल अल्खुवाएरमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा समाजका सल्लाहकार समिती÷संरक्षक समिति एवं पदाधिकारी लगायत सक्रिय सदस्यहरुको बिशेष उपस्थिति थियो । कार्यक्रममा नेपाल मगर संघ ओमानको तर्फबाट शर्मिला बुढाथोकी मगर, नेपाल तामाङ समाज ओमनको तर्फबाट रितु तामाङ, नेपाल किरात समाज ओमनको तर्फबाट कुशलता राई र नेपाली महिला समूह ओमानको तर्फबाट यम कुमारी राना मगर अतिथी महिला प्रतिनिधिको रुपमा संस्थागत प्रतिनिधित्व गर्दै उक्त कार्यक्रममा उपस्थित हुनु भएको थियो ।
समाजका शुभचिन्तक एबम फोटोग्राफर सन्तोष कट्टुवाललाई अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय गित एबम तमु राष्ट्रिय गित सहित समाजका वरिष्ठ अग्रज ब्यक्तित्वहरुले दियोमा दिप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गरिएको थियो । तमु समाजको ओमनको नवौं बार्षिक उत्सबको अवसरमा समाजका अग्रज ब्यक्तित्वहरु मार्फत केक काटेर समाजको नवौं बार्षिक उत्सबलाई शुभकामना आदान– प्रदान गरि मनाएको थियो ।
नवौं बार्षिक उत्सबको अवसरमा समाजका संस्थापक अध्यक्ष एवं भूतपूर्ब अध्यक्षहरु, संस्थापक अध्यक्ष मादी तमुस्यो, भूत पूर्ब अध्यक्ष अमिर तमु, भूतपूर्ब अध्यक्ष बिजय तमु, भूतपूर्ब अध्यक्ष पूर्ण तमुलाई समाजको पदाधिकारीहरुले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उक्त अवसरमा समाजका भूतपूर्ब अध्यक्षरुले मन्तव्य सहित बिचारहरु ब्यक्त गर्नु भएको थियो । उक्त सन्दर्भमा समाजका सांस्कृतिक बिभागका कलाकारहरुको भूमिका, योगदान, कला र प्रतिभाको सम्मान गर्दै सम्मान पत्र सहित खादा लगाएर सम्मान गरिएको थियो । समाजमा नयाँ सदस्यका रुपमा मनोज घले, तारा तमुस्यो, आयुस तमु, वीर बहादुर तमु र हेम तमु लगायत लाई समाजका अग्रजहरुबाट खादा लगाएर स्वागत गरिएको थियो ।
समाजको चेलीबेटी÷रिहि चम्ही भोज तथा सम्मान कार्यक्रम २०२४ अन्तर्गत तमु समाज ओमनको दाजुभाई समूहले चेलीबेटीहरुलाई भोज तथा सम्मान कार्यक्रममा आमन्त्रण गरिएको थियो ।
उक्त कार्यक्रममा चेलीबेटीहरुले दाजुभाइहरु आमन्त्रण गरी खुशी र हर्षका साथ आमन्त्रणलाई स्विकार गरि पाल्नु भई दाजुभाइ समूहलाई कोशेली स्वरुपः सेल रोटि, अचार, रित स्वरुपः रक्सी (मद्यपान स्वास्थ्यका लागि हानिकारक छ) प्रदान गर्नु भएको थियो, दाजुभाइहरु लाई सम्मान स्वरुपः चेलीबेटीहरुले फुल÷माला, क्रेगी (फेटा)लगाइदिनु भएको थियो ।
उक्त अवसरमा तमु समाज ओमनको दाजुभाइहरुले तमु समाज ओमनको चेलीबेटीहरुलाई सम्मान स्वरुपः समाजका अग्रज ब्यक्तित्वहरु पुर्ण तमु, गोबिन्द तमु, चेत तमु र क्याप्टेन बासुदेब तमु मार्फत टिका, खादा, क्रमु (पछयौरा) र सम्मान पत्र सहित मिष्ठान्न परिकारहरुको भोजन गराएको थियो ।
अतिथी महिला प्रतिनिधिहरुलाई तमु संस्कृति अनुरुप क्रमु (पछयौरा) ओढाएर सम्मान गरिएको थियो, समाजका शुभचिन्तक÷तमु समाज लाइ माया र सम्मान गरि सहयोग गर्नु हुने पुजा लावती राईलाई समाजको तर्फबाट खादा÷क्रमु (पछयौरा) र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।
यसै सन्दर्भमा, समाजको दाजुभाइहरुको तर्फबाट सम्झना स्वरुपः यो सालको चेलीबेटी भोज तथा सम्मान कार्यक्रमको ब्यानार तस्बिर छापिएको सुन्दर मायाको चिनो दिदिबहिनीहरुको नाम चिट्ठा बाट नाम छनौट गरि तीन जना चेलीबेटीहरु चन्दा तमुस्यो, मन्जु तमुस्यो र मोति तमुस्यो लाई प्रदान गरिएको थियो ।
चेलीबेटी÷रिहि चम्ही भोज कार्यक्रममा समाजका संरक्षक पुर्ण तमु र भुतपुर्ब बेलायती गोर्खा सैनिक क्याप्टेन बासुदेब तमुले ब्यक्तिगत तर्फबाट एक÷एक ओटा खसी प्रायोजन गर्नु भएको खुसियालिमा तमु समाज ओमनको भाइ खलक ग्रुप अफ तमु ब्रदर्स को तर्फबाट सुन्दर मायाको चिनो दाजुभाइहरुको प्रतिनिधित्व गर्दै समाजका कार्यबाहक अध्यक्ष होम तमु र महाससचिब प्रकाश तमुले पुर्ण तमु र क्याप्टेन बासुदेब तमुलाई प्रदान गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन सल्लाहकार निशेक तमुले गर्नुभएको थियो ।



















Discussion about this post