लमजुङ । मर्स्याङदी गाउँपालिका वडा नं. ५ तल्लो चिप्लाकी आगलागी पीडित लप्टी घलेलाई बाघेता समाज युकेले आर्थिक सहयोग गरेको छ ।
घलेको घरमा गत फागुन २३ गते राति १० बजेको समयमा आगलागी भएको थियो । आगलागीबाट घरमा रहेको सबै लत्ताकपडा, नगद, खाद्यान्न सामग्री सबै नष्ट भएपछि घलेको सहयोगका लागि वडा कार्यालयले समाजसंग सहयोगको अनुरोध गरेको थियो । वडाको अनुरोध अनुसार समाजले पीडितको घर पुनःनिर्माणका लागि २ लाख ११ हजार ७ सय ६२ रुपैयाँ सहयोग गरेको हो । उक्त रकम बैशाख ४ गते बाघेता समाज युकेका पूर्व अध्यक्ष देबबहादुर घले, समाजका उपाध्यक्ष सुरेन्द्र घलेले पीडित घलेलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष घनश्याम घले, बाघेता समाज तथा पर्यावरण सुधार समिति लमजुङका सचिव राम घले, प्रतिभा युवा क्लब खानीगाउँका अध्यक्ष बृख गुरुङलगायतको उपस्थिति थियो ।
वडा अध्यक्ष घनश्याम घलेका अनुसार लप्टीको घर आगलागीमा परेपछि वासस्थानका लागि समस्या भएको र वडा कार्यालयले चैत्र १ गते बाघेता समाज युकेलाई पत्र मार्फत सहयोगका लागि अनुरोध गरेको थियो ।
लप्टी घले विपन्न तथा गरिब रहेको र घर पुनः निर्माणका लागि आर्थिक सहयोग आवश्यक परेको भन्दै समाजलाई आएको आग्रह अनुसार समाजका पदाधिकारीहरुबाट सहयोग संकलन गरी प्रदान गरिएको समाजका पूर्व अध्यक्ष देबबहादुर घलेले बताउनुभयो ।
बा.घे.ता. समाज युके प्रवासमा स्थापित संस्था हुनुको वावजुत पनि स्वदेश, विशेष गरि बा.घे.ता. लाई आफ्नो कार्य क्षेत्रको रूपमा हेर्दै आएको एक मानवीय पुण्य कार्य गर्ने संस्था को रूपमा अग्र स्थानमा दर्ज छ ।
तीनै वडा का शैक्षिक, खेलकुद, स्वास्थ्य क्षेत्रमा, विभिन्न समस्या र दुर्घटना मा परेका परिवारलाई निस्वार्थ सहयोग गर्दै आइरहेको छ ।



















Discussion about this post