तमु समाज पोर्तुगलको आठौं अधिवेशन फेब्रुअरी २५ तारिख आइतबारका दिन भब्य र सब्य रुपमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा र संस्थापक अध्यक्ष तथा बिशिष्ट सल्लाहकार एवं भूपू पर्यटन दुत रमेश कुमार गुरुङको उपस्थितिमा भएको हो । कार्यक्रमबाट सन् २०२४–२०२६ को लागि नयाँ कार्य समिति चयन गरिएको छ । नयाँ समितिको अध्यक्षमा मिलन गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । बरिष्ठ उपाध्यक्षमा केष गुरुङ, उपाध्यक्षमा नेत्र गुरुङ र किरन गुरुङ, महिला उपाध्यक्षमा देबि गुरुङ, महासचिवमा गनि गुरुङ, सचिवमा नवराज गुरुङ, सहसचिवमा शेरबहादुर गुरुङ, कोषाध्यक्षमा समीर गुरुङ, सहकोषाध्यक्षमा हरि कुमार गुरुङ चयन हुनुभएको छ ।
साँस्कृतिक संयोजकमा बिरेन्द गुरुङ, खेलकुद संयोजकमा भुपेन्द्र गुरुङ, योगेन्द्र गुरुङ रहनुभएको छ । सदस्यहरुमा सोम गुरुङ, मुना गुरुङ, अनिल गुरुङ, प्रेम गुरुङ, शेखर क्रोम्जे गुरुङ, सम्झना गुरुङ, श्याम बहादुर गुरुङ, बादल गुरुङ, मिङ्मा गुरुङ, तारा गुरुङ, अमृत गुरुङ, अन्तिमा घले र मिना गुरुङ रहनुभएको छ ।
समितिको सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष विकास गुरुङ, निवर्तमान महासचिव तारा गुरुङ, निवर्तमान कोषाध्यक्ष राजकुमार गुरुङ (जय शम्भु), बौद्धप्रसाद गुरुङ र तुलसी गुरुङ रहनुभएको छ ।




















Discussion about this post