क्यान्सर पीडित अधिकारीलाई लमजुङ सेवा समाज कतारको सहयोग

लमजुङ । लमजुङ सेवा समाज कतारले मर्स्याङदी गाउँपालिका ९ सिरुबारीका क्यान्सर पीडित विश्वराज अधिकारीलाई आर्थिक सहयोग गरेको छ ।
समाजले बिहीबार मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको हातबाट ३३ हजार रुपैयाँ बिरामीका अधिकारीको बुवा गोबिन्द अधिकारीलाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, लमजुङ सेवा समाज कतारका माहासचिब बिनोद थापा मगर, महिला संयोजक डिलमाया भण्डारी थापा र लमजुङ सेवा समाज कतारका मर्स्याङदीका पूर्व संयोजक अनन्त घिमिरेलगायतको उपस्थित हुनुहुन्थ्यो ।
बिश्वराज अधिकारी बिगत दुईवर्ष देखि बोनम्यारो क्यान्सर बाट पीडित हुनुहुन्छ । विरामीको उपचारका लागि केही रुपमा भएपनि सहज होस् भनेर समाजले सहयोग गरेको महासचिव थापा मगरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार