ओमन । ओमनमा मुप्री ल्होसार साँस्कृतिक कार्यक्रम २०८० विभिन्न कार्यक्रमका साथ भब्य रुपमा सम्पन्न भएको छ ।
तमु समाज ओमनले हि ल्होको विदाई र मुप्रही ल्होको स्वागतमा ५ जनवरी २०२४ शुक्रबारका दिन मस्कटस्थित जंगल रेस्टुरेन्ट कुरुम गार्डेनमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा ओमनका लागि नेपाली कुटनैतिक नियोग नेपाली राजदूतावास ओमनका राजदुत डोरनाथ अर्यालको प्रमुख आतिथ्यता थियो । आमन्त्रित अतिथी कलाकार रचना रिमाल एवं नेपाली सोसल क्लबका अतिथी प्रतिनिधि सुरेश खड्का एवं विभिन्न संघसंस्थाको अतिथी प्रतिनिधिसहित प्रबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुको अधिकतम सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
समाजका कार्यबाहक अध्यक्ष होम तमुको सभापतित्वमा, मादी तमुस्योको संयोजकत्वमा र चन्दा तमुस्योको सह–संयोजकत्वमा कार्यक्रमलाई दुई चरणमा सम्पन्न गरिएको थियो । औपचारिक र सांस्कृतिक गरि दुई भागमा आयोजना गरिएको थियो ।
औपचारिक कार्यक्रममा सभापति, प्रमुख अतिथीलाई फेटा÷भाङ्ग्रा, खादा, ब्याज र माला लगाएर स्वागत गरिएको थियो । अन्य अतिथिहरुलाई खादा÷ ब्याज र माला लगाएर स्वागत गरिएको थियो । कार्यक्रमलाई सभापती, प्रमुख अतिथी एवं अतिथीहरुले कलशमा दियो प्रज्वलन गरि कार्यक्रमको समुदघाट्न गर्नुभएको थियो । स्वागत मन्तव्य समाजका सचिव माया तमुस्योले दिनुभएको थियो । शुभकामना एवं कार्यक्रमको सम्बन्धमा कार्यक्रम संयोजक मधु तमुस्योले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
स्वागत नृत्यमा समाजका कलाकार दिल सुब्बा तमु र माया तमुस्योले नृत्य प्रस्तुत गर्नु भएको थियो ।
सांस्कृतिक कार्यक्रममा नेपालका बहुचर्चित लोकप्रिय ख्याती प्राप्त कलाकार रचना रिमाल, विभिन्न संघसंस्थाका एवं स्थानिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति सहित कार्यक्रमलाई सांगीतिक माहोल सिर्जना गरिएको थियो । कार्यक्रममा तमु भेषभुषामा सजिएर नेपालबाट आउनुभएको रचना रिमालले सांगीतिक प्रस्तुतिका साथ दर्शक र श्रोताहरुको इच्छा चाहाना अनुरुप भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो ,
उक्त कार्यक्रममा प्रमुख अतिथीले शुभकामना मन्तव्य राख्नुभएको थियो । समाजको तर्फबाट प्रमुख अतिथीलाई कार्यक्रमका सभापती, कार्यक्रम संयोजक, प्रमुख संरक्षक, संरक्षकहरु मार्फत मायाको चिनो प्रदान गरिएको थियो । आमन्त्रित अतिथी कलाकार रचना रिमाललाई मायाको चिनो, क्रमु (पछयौरा) र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजका वरिष्ठ ब्यक्तित्वहरुले समाजलाई पुर्याउनुभएको भुमिका र योगदानको सम्मान गर्दै सल्लाहकार चेत कुमार तमु, सल्लाहकार गोबिन्द तमु, सल्लाहकार प्रेम तमुलाई आकर्षक मायाको चिनो प्रदान गरिएको थियो । समाजका शुभ चिन्तक एवं सहयोगी ब्यक्तित्व दिल रोक्का र सन्तोस कटुवाललाई पनि आकर्षक मायाको चिनो प्रदान गरिएको थियो ।

























Discussion about this post