तमु प्ये ल्हु संघ युकेले भब्यरुपमा मनायो ल्होसार

काठमाडौं । तमु प्ये ल्हु संघ युकेले भव्यरुपमा ल्होसार पर्व मनाएको छ । अल्डरसटको एम्पायर हलमा गत ३१ डिसेम्बरका दिन मुप्री ल्होको स्वागतस्वरुप तमु ल्होसार महोत्सव मनाएको हो ।
संस्थाका अध्यक्ष रनबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कलाकार चिज गुरुङ, निर्जला गुरुङ र सविन गुरुङको प्रस्तुति रहेको थियो । उहाँहरुको प्रस्तुतिमा दर्शक रमाएका थिए ।
कार्यक्रममा आमा समूह, सयपत्री कल्चर ग्रुपले पनि नृत्य प्रस्तुत गरेका थिए । संस्थाको विकासमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको थियो । साथै समाजसेवी सपना रोकामगर पनि सम्मानित हुनुभयो । कार्यक्रम सञ्चालन भुवानी गुरुङले गर्नुभएको थियो ।
ल्होसारको दिन बिहान ९ बजे धार्मिक विधिअनुसार पूजा भएको र त्यसपछि सांस्कृतिक कार्यक्रम भएको संघका सहसचिव इन्द्रेश ङोप्छेले बताउनुभयो । तमु (गुरुङ) समुदायले हरेक वर्ष पुस १५ लाई नयाँ वर्ष अर्थात् ल्होसारको रुपमा मनाउने गर्दछन् । यस वर्ष हि ल्हो (बिरालो बर्ग) लाई बिदाइ र नयाँ ल्हो मुप्रीको स्वागत गरिएको हो ।
संस्थाका अध्यक्ष रनबहादुर तमुले उपस्थिति सम्पूर्णमा धन्यवाद दिँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार